March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

टोखामा पर्यटन प्रवद्वनका लागि मन्त्री श्रेष्ठसँग एकीकृत समाजवादीको छलफल

1.9K

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ र नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटीका नेताहरुले छलफल भएको छ । टोखामा पर्यटकिय स्थलको प्रवदन र विकासका लागि कार्य गर्ने विषयमा छलफल भएको हो ।

टोखा नगरपालिकामा धेरै पर्यटकिय स्थल र सम्पदाहरु रहेको र तेसका भौतिक पुर्वाधार विकास गर्नुपर्ने माग मन्त्री समक्ष राखिएको नेकपा एकीकृत समाजवादी टोखा नगर कमिटीका अध्यक्ष जोग प्रसाद नेपाललले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटी सचिवालय सदस्य लक्ष्मण विडारीले भने काठमाडौको उत्तरी भेगमा अवस्थित टोखा नगरपालिका २ को चण्डेश्वरी बौडेश्वर पदमार्ग र बौडेश्वरको प्रवदन र विकासका लागि सहयोग गर्नुपर्ने मन्त्री समक्ष राखेका थिए । छलफलमा मन्त्री श्रेष्ठले भने सम्पदा संरक्षण, पर्यटन प्रवद्र्धन र विकासका लागि सक्दो सहयोग गर्ने बताए ।

Advertisement

कार्यक्रममा नेकपा एकीकृत समाजवादी टोखाका नगर अध्यक्ष जेपि नेपाल, नेता सुसान्त डङगोल, अष्टमान डङगोल, समसेर बहादुर गाईजु, किसोर वन्त, लक्ष्मण विडारी सहितका नेताकार्यकर्ताहरुको उपस्थिति थियो ।