March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

एकीकृत समाजवादीको कृषि मजदुर संगठनको केन्द्रीय बैठक सम्पन्न

1.5K

मकवानपुर । एकीकृत ट्रेड युनियन महासंघ अन्तर्गतको घटक नेपाल कृषि मजदुर संगठनको केन्द्रीय बैठक सम्पन्न भएको छ ।

राष्ट्रिय उपाध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) को पोलिटव्यूरो सदस्य दिनेश कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकमा वरिष्ठ अतिथि केन्द्रीय सद्स्य तथा मकवानपुर जिल्ला अध्यक्ष सूर्य चन्द्र न्यौपाने, जिल्ला कमिटी पार्टी सचिव बिष्णु प्रसाद दहाल तथा अतिथि पार्टी कार्यालय सचिव तिलक कुमार अधिकारीको उपस्थिति रहेको थियो ।

नेपाल कृषि मजदुर संगठनको केन्द्रीय अध्यक्ष उत्तर बहादुर खड्काको अध्यक्षता र महासचिव सरिता सुब्बाले सञ्चालन गरेको कार्यक्रममा बैठकले विधानको धारा २९ अनुसार संगठन विस्तार ,केन्द्रीय कमिटी विस्तारमा प्युठानबाट पाबेन्द्र वली, बर्दियाबाट टिकाराम थारु, तनहुँबाट लालबाबु पन्थ, दाङबाट बेदुराम भुषाल र राम बहादुर कार्की, सुनसरीबाट रमेश भट्टराई, नवलपुरबाट सुष्मा काफ्ले र केन्द्रीय सचिवमा तारा काफ्ले भुसाल केन्द्रीय कमिटीमा मनोनित भए।

Advertisement

पदाधिकारी चयन गर्ने क्रममा केन्द्रीय सदस्य बिक्रम मैनाली तथा लाल बहादुर पन्थलाई इन्चार्जमा नियुक्त गरियो । यसैगरी बैठकले सर्वसम्मत रुपमा कृषि मजदुर महिला विभागको इन्चार्जमा सुष्मा काफ्लेलाई मनोनित गरको छ भने सल्लाहकार विभागको इन्चार्जमा मदन रिमाललाई मनोनित गरेको छ ।

बैठकले केन्द्रीय कमिटीमा बसेर संगठनको विधान पद्धति अनुसार काम नगर्ने सुनसरीबाट पदम खतिवडा ,सावित्रा सेंढाइ र दाङका तुलसीराम विश्वकर्मालाई केन्द्रीय कमिटीबाट विधानको धारा ३० को उपधारा (ग) अनुसार कारबाही गरेको छ ।

बैठकमा विभिन्न जिल्लाबाट उपस्थित हुने केन्द्रीय कमिटी र आमन्त्रित काम्रेडहरुलाई खानपान र बसोबासको व्यवस्था हेटौंडा उप महानगरपालिकाका मेयर मिना लामाले गरेका थिए ।