August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

प्रदेश १ को नाम लिम्बुवान किरात राख्न जसपाको माग

195

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको छ । प्रदेश १ संसदीय दलले प्रदेश १ को नाम लिम्बुवान किरात राख्न माग गरेको हो ।

यसअघि उक्त पार्टीले प्रदेश १ को नाम किरात–लिम्बुवान–शेपालुङ–मधेश राख्नुपर्ने बताउँदै आएको थियो । तर, आज प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै उक्त पार्टीका सांसद रामचन्द्र लिम्बुले सबैसँग सहमतिमा जानुपर्ने भएको कारण प्रदेश १ को नाम लिम्बुवान किरात भए आफ्नो पार्टीलाई मान्य हुने बताएका हुन् ।

उनले हिजो जनताको बीचमा भोट माग्न जाँदा लिम्बूसँग लिम्बुवान भन्ने, किरातमा जाँदा किरात दिन्छु र कोचमा जाँदा कोचिला प्रदेश दिने भन्ने अनि दिने बेलामा चुप लाग्ने भन्दै प्रश्न पनि गरेका छन् । ‘त्यसकै आधारमा भोट जित्ने अनि लिम्बुवानको नाम लिन कञ्जुस्याइँ गर्ने ? त्यस्तो हुन कदापि दिनेछैन,’ उनले भने, ‘यहाँ कोशी प्रदेशको कुरा आएको छ । कोशी नदिको वारिपारि कुनै सभ्यताको विकास भएको छैन । कोशी त भारतमा पुगेपछि मात्रै भन्छ । के भारतलाई दिन कोशी राख्ने हो ? मानव समुदायलाई चाहिने हो प्रदेश । नदीनालालाई चाहिएको होइन ।’ उनले दुई तिहाइको सरकार हुँदा नामाकरणको विषयमा केही कुरा नगरेर एमालेले ४ वर्षसम्म हलो अड्काएको आरोप लगाए ।
 

Advertisement