March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

तत्काल भूकम्पीय जोखिम र क्षतिको अध्ययन गर्न टोली परिचालन गर्न डा. तुलाधरको माग

2K

काठमाडौ, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव तथा पार्टीका विपद् व्यवस्थापन विभागका प्रमुख डा। गंगालाल तुलाधरले हालै खोटाङ आसपासमा गएको भुकम्पले गरेको क्षतिको अध्ययन गर्न सरकारलाई संग माग गरेका छन् ।

तुलाधरले कतिपय स्थानीय निकायहरूबाट त्यसबारेमा माग समेत भै आएको भन्दै पालिकाहरूमा भूकम्पीय विपद जोखिम र क्षतिको तत्काल अध्ययनको आवश्यकता औँल्याए ।

नेपाल सरकार अन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषदका विज्ञ सदस्य समेत रहेका तुलाधरले क्षतिको माग गर्दै कतिपय स्थानीय निकायहरूले माग समेत गरेको र वर्षा सँगैको भूकम्पले जनधनको के कति क्षति भएको हो त्यसको यथार्थ विवरण संकलन सहित आवश्यक क्षतिपुर्ति र सहयोग समेत सरकारको तर्फबाट गर्नुपर्ने भन्दै अविलम्ब अध्ययन टोली त्यस तर्फ पठाउन नेपाल सरकारसँग माग गरे ।

Advertisement