November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

रामेछापमा नेकपा परित्याग गरि ५१ जना नेपाली काँग्रेस प्रवेश

4.1K

राेमेछाप – राेमेछापमा नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी ५१ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।  रामेछाप पकरबास निवासी रोशन बुढाथोकीको नेतृत्वमा उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उनीहरुलाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा विशिष्ट अतिथिका रुपमा लब न्यौपाने, रामचन्द्र खड्काले नवप्रवेशीलाई शुभकामना तथा बधाई दिएका थिए ।नेपाली काङ्ग्रेस रामेछाप सम्पर्क समितिको सभापती राजनारायण श्रेष्ठको अध्यक्षतामा पार्टी प्रवेश गराइएको थियो ।

पार्टी प्रवेश गर्नेहरुमा . रोशन बुडाथोकी,कृष्णहरि खड्का,अमित कार्की ,हेम ब कार्की,तुला ब कार्की,अनिल थापामगर,कृष्ण श्रेष्ठ मोहन कुमार भण्डारी, राजन भण्डारी , रुपेश भण्डारी,पदम ब मोक्तान,पाशङ लामा, मोति घिसिङ,शन्देश लामा, गोपि खत्री,जीवन श्रेष्ठ, मिलन श्रेष्ठ, रोज ब लामा,प्रकाश थापा,शुजन मोक्तान, सागर योण्जन, सुरेन्द्र पण्डित,गडेश पण्डित,राज कु थामी, रबिन मोक्तान,अम्बर मगर, मीन न मगर,दम्बर मगर,मीन ब मगर,प्रदीप मगर, मुकुन्द खत्री,भुवन मिजार,सार्की तामाङ , बाबुराम तामाङ ,शम्भु श्रेष्ठ ,रामचन्द्र खत्री, अनिल लामा,सुमन मगर, बिक्रम केसी लगायत ५१ जना रहेका छन ।

Advertisement

कम्युनिस्ट पाटी भनिनेहरु स्वार्थमा डुबेर देश समेत डुबाउन लागेकाले आफुहरुले नेपाली काँग्रेस राेजेकाे प्रतिक्रिया दिएका छन ।