March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

प्रतिगामी कदम नसच्चिएसम्म एमालेसँग एकता होइन वार्ता पनि हुन्न: महासचिव भुसाल

3.8K

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का महासचिव डा। वेदुराम भुसालले प्रतिगामी कदम नसच्चिए सम्म एमालेसँग एकता होइन वार्ता पनि नहुने बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) तेह्रथुम काठमाडौं सम्पर्क मञ्चको अधिवेशनको उद्घाटन गर्दै महासचिव भुसालले एमालेले प्रतिगामी कदमको आत्मालोचना गरेपछि मात्र वार्ताको प्रारम्भ हुने भएको भन्दै कार्यकर्तालाई एमालेसँग एकता र वार्ताको भ्रममा नपर्न आव्हान गरे ।
एमाले सँग वार्ता हुनुपूर्व उस्ले गरेका प्रतिगामी कदमको आत्मालोचना सहित गल्ति स्वीकार गरेपछि मात्र प्रारम्भ हुने भन्दै अन्य बामपन्थी दलहरूसंगको एकता र सहकार्य भने आगामी निर्वाचन र त्यसपछिसम्म जारी रहने बताए ।

उनले समाजवादी आन्दोलनलाई सुरक्षित ढंगबाट लक्षमा पुर्याउन पार्टीको संगठन सुदृढीकरण र बिस्तारको कार्ययोजना मुताविक अघि बढ्न कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा स्वास्थ्य मन्त्री भवानी खापुङ, पोलिटब्युरो सदस्य विजय गुरुङ ,केन्द्रीय सदस्य पिताम्बर तिम्सिना ,अम्बिका थापा, १ न प्रदेश सम्पर्क कमिटी अध्यक्ष अमर राउत, सम्पर्क विशेष प्रदेश कमिटीका सहइन्चार्ज लक्ष्मण के सी, सम्पर्क विशेष प्रदेश सम्वन्वय समितिका केशर अधिकारी, जिल्ला अध्यक्ष कृष्ण चोङबाङ लगायतले तेह्रथुमको वाम आन्दोलन र वर्तमान र भविष्यमा खेल्नुपर्ने भूमिकाको बारेमा बोलेका थिए ।

Advertisement