March 15, 2025, Saturday
२०८१ चैत्र २
1:37:26 pm

कांग्रेसलाई प्रचण्डको चेतावनी : ‘वामपन्थीमध्ये माओवादीलाई पहिलो शक्ति बनाउन सहयोग नगरे अवस्था असहज आउनसक्छ’

1.7K

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई काँग्रेसले वामपन्थीमध्येको पहिलो शक्ति बनाउने गरी सहयोग गर्न आह्वान गरेका छन् । त्यसो नभए अवस्था असामान्य आउने प्रचण्डले चेतावनी दिएका छन् ।

‘चुनावी तालमेल गर्दा वामपन्थीहरूको पहिलो दल माओवादी केन्द्र बन्नेगरी गर्नुपर्छ । मैले कांग्रेसलाई पनि त्यसै भनेको छु । यदि त्यसो भए सबै कुरा सहजरूपमा जान्छ नभए जाँदैन ।’- प्रचडले चेतावनी दिए ।

यस्तै, उनले देशमा अरु माओवादीको अर्थ नभएको बताए । विप्लव माओवादी काम छैन, वैद्य माओवादीको पनि अर्थ छैन । बाबुराम त झन् माओवादी नै होइन । देशमा एउटै माओवादी हो, जुन प्रचण्डले नेतृत्व गर्छन् । यसपटक यो प्रमाणित भयो, उनले भने ।

Advertisement