August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

राष्ट्रिय सभाको बैठक बस्दै

350

काठमाडौं : राष्ट्रियसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ।

बैठकमा संसदीय समितिका प्रतिवेदन पेश गर्नुका साथै केही विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ। बैठकको शुरुमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय गौरवका आयोजना अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी प्रतिवेदन पेश गर्नेछन्।

त्यसपछि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले कारागार विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभासमक्ष राख्नेछन्।

Advertisement

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित शपथसम्बन्धी विधेयक, २०७८ छलफल र पारितका लागि प्रस्तुस्त गर्नेछन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री महोम्मद इस्तियाक राईले ‘नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ माथि परेका संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले जेष्ठ ‘नागरिकसम्बन्धी पहिलो संशोधन विधेयक २०७५ माथि परेका संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने संसद् सचिवालयले जनाएको छ।