August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

स्वास्थ्यमन्त्री खापुङसँग बंगलादेश र भारतका राजदूतको भेट

450

काठमाडौ, स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले बुधबार बंगलादेश र भारतका राजदूत सँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । मन्त्री खापुङले दुई देशका राजदूतहरूसँग छुट्टाछुट्टै भेट गरेका हुन् ।

भेटका क्रममा बङ्गलादेशका राजदूत सलाहुदिन नोमन चौधरीसँग नेपालले बङ्गलादेशसँग जलविद्युत र पर्यटनमा समेत सहकार्य गर्न इच्छुक रहेको जानकारी गराएकाे छ । यस्तै नेपालमा उत्पादन हुने विद्युतको बारेमा चासो राख्दै बङ्गलादेशका राजदूत चौधरीले नेपालको विद्युत बंगलादेश लैजानका लागि इच्छुक रहेकोले चाँडै दुई देशका अर्थमन्त्रीहरूसँग बैठक गरी ठोस निर्णय निकालिने बताए ।

यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि छुट्टै भेटघाट गर्नु भएको छ भेटका क्रममा नेपाल र भारत बिचको राम्रो सम्बन्धले गर्दा कोभिड १९ लाई सजिलै परास्त गर्न सकिएको धारणा राखेका थिए ।

Advertisement

भेटघाटकै क्रममा नेपाल र भारत बिचको सम्बन्ध राजनीतिक ,सामाजिक र आर्थिक रुपमा समेत जोडिएको लामो इतिहास भएकोले यसलाई थप मजबुत बनाउँदै लैजानु पर्नेमा स्वास्थ्य मन्त्री खापुङले जोड दिए । दुई देशका राजदूतहरूसँगको शिष्टाचार भेटघाटले देशको विकास र समृध्दिमा इट्टा थपिएको मन्त्रीका स्वास्थ्य सल्लाहकार रमेश ढकालले बताए ।