August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

गठबन्धन दलका क्रियाकलापका कारण संघीयता बदनामभयोः केपी ओली

510

दमक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनमा भएका पार्टीले पहिचानका नाममा राज्यलाई विखण्डित गर्ने प्रयास गरेको बताए । बुधवार झापाको बिर्तामोडमा आयोजित नेपाल उत्पीडित मुक्ति समाजको भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन दलका क्रियाकलापका कै कारण संघीयता समेत बदनाम भएको धारणा राखे ।

यस्तै, गठबन्धन सरकारले आफूले जस लिनकै लागि नयाँ नागरिकता विधेयक ल्याएको बताए । उनले यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको आरोप लगाएका हुन् । पहिले समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको पनि बताए ।

Advertisement