August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

प्रचण्डसँग गृहमन्त्री र कानुनमन्त्रीकाे छलफल

440

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र कानुनमन्त्री गोविन्दप्रसाद शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेतासँग छलफल गरेका छन् ।

सरकारले संघीय संसद्मा पेस गरेका नेपाली नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकसहितका विधेयकबारे कुराकानी भएको गृहमन्त्री खाणले जानकारी दिए ।

गृहमन्त्री खाणले भने, ‘ती विधेयकबारे संसद्मा सत्तारुढ गठबन्धनको एउटै धारणा बनाएर अगाडि बढ्ने कुराकानी भएको छ ।’
सोमबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित माओवादी नेता देवप्रसाद गुरुङ, वर्षमान पुन र शक्ति बस्नेत पनि सहभागी थिए ।

Advertisement

त्यस्तै, छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा पनि कुराकानी भएको छ ।

यो विषयमा पनि सत्तारुढ दलको एउटै धारणा बनाएर अघि बढ्ने सैद्धान्तिक सहमति बनेको छ ।