August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

सत्ता गठबन्धनले पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने

475

काठमाडौं : सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख बनाउने भएको छ।

गठबन्धनको तर्फबाट सांसद भुषाललाई उम्मेदवार बनाउन लागेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए। विश्वकर्माका अनुसार गठबन्धनमा छलफल गरी सहमति जुटाएर अघि बढ्ने तयारी छ।

साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ देखि १ बजेसम्म संसद भवनको  ल्होत्से हलमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ। साढे एक बजे दर्ता भएको सूचनाको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको छ।

Advertisement

भोलि दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुने छ। निर्वाचनको कार्यतालिका हिजो प्रकाशन गरिएको हो।