काठमाडौं – जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले संसद विघटन गर्ने सरकारको निर्णयविरुद्व तत्कालै कदम उठाउनुपर्ने धारणा राखेका छन् । उनले सरकारको कदमविरुद्व लड्न ढिलाई गरे सबैको निम्ति आत्मघाती हुने बताए ।
‘संकटको वेला अर्जुनदृष्टिरएकलव्यध्येयरभीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘ओली(भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ।’
उनका अनुसार संविधान रहे नै चुनावमा जाने र सरकारमा जाने अवसर प्राप्त हुन्छ । संविधान नरहेको अवस्थामा केहि पनि नरहने उनको धारणा छ ।
‘संविधानका मूलमर्मरआधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ, नत्र न रहे बाँस न बजे बाँसुरी हुनेछ, सबैलाई चेतना भया !’, भट्टराईले भनेका छन् ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । आफ्नै पार्टीबाट बहुमत गुमाएसँगै ओलीले विघटनको प्रस्ताव गरेका थिए ।