August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

फोहोरलाई मोहोरमा परिणत गरी आर्थिक विकास र रोजगारी सिर्जना गरौँ– मन्त्री चौधरी

435

काठमाडौँ, सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोरलाई मोहोरमा परिणत गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्नुपर्ने बताउनु भएको छ । उहाँले फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्ने बताउनु भएको हो ।
आज मन्त्रालयमा आयोजित फोहारमैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी भेन्चर वेष्ट टु इनर्जीको विज्ञ टोलीसँग सहरी मन्त्री मेटमणि चौधरीले फोहोरको दीर्घकालीन समाधान गर्ने बताउन भएको हो ।
फोहोर व्यवस्थापनमा गम्भीर देखिनुभएका मन्त्री चौधरीले भन्नुभयो, ‘हामीले गफ धेरै ग¥यौँ । अब काम गरौँ । काठमाडौँको फोहोर मात्रै होइन देशैभरिको फोहोरलाई व्यवस्थित ढंगले व्यवस्थापन गरौँ । फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्नेतिर ध्यान दिनतर्फ सोचौँ । मन्त्रालय फोहोरको स्थायी समाधान गर्न तयार छ ।’
भेन्चर वेष्ट टु इनर्जीले नेपालमा ५५ देखि ६५ प्रतिशत सम्म कुहिने फोहोर, २५ प्रतिशतसम्म रिसाइकल योग्य फोहोर र बाँकी काम नलाग्ने खालको फोहोर उत्पादन हुने बताएको थियो । काठमाडौँमा मात्र फोहोरबाट वर्षेनी ६८ लाख लिटर पेट्रोल विस्थापित गर्न सकिने अनुमान प्रक्षेपण गरेको छ भने दैनिक १५ टन मल उत्पादन हुन सकिने जनाएको छ ।
धरान उपमहानगरपालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिरहेको उक्त संस्थाले हालै दैनिक रुपमा फोहारमैलाबाट जैविक इन्धन उत्पादन गर्न सुरु गरेको बताइएको छ ।