August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

स्वास्थ्य तथा जनसंख्या मन्त्री खापुङको पार्टी कार्यालयमा कार्यकर्तासँग भेट

480

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले आज नेकपा (एकीकृत समाजवादी) को पार्टी कार्यालय आलोकनगरमा पुगेर कार्यकर्तासँग भेटघाट गरेका छन् ।

पार्टीले हालै सार्वजनिक गरेको कार्ययोजना अनुसार आजैबाट पार्टीबाट मन्त्री भएका नेताहरुले पालैपालो गरेर कार्यालयमा निर्यण अनुसार दिउसो २ देखि ३ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नेता तथा कार्यकर्ताहरुलाई समय दिएका थिए । भेटघाटमा २ दर्जन वढी नेता कार्यकर्ताले भेटघाट गरी आफ्ना कुरा राखेका थिए ।

नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री भएका नेताहरुले साताको एक दिन पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमा सहभागी हुनुपर्ने कार्ययोजना बनेपछि पहिलोपटक स्वास्थ्य मन्त्री खापुङले कार्यकर्ताहरुसँग भेटघाट गरेका थिए ।

Advertisement

मन्त्रीहरुलाई साताको १ दिन पार्टी कार्यालयमा गएर जनसरोकारका विषयमा सरोकारवालाहरुसँग छलफल अन्तक्रिया र गुनासो सुन्नुपर्ने गरी कार्ययोजना तयार भएको छ ।

एकीकृत समाजवादीले आफ्ना मन्त्री भएका नेताहरुलाई साताको एक दिन पार्टी कार्यालय पुगेर नेता कार्यकर्तासँग भेटघाट गर्न समय र दिन नै तोकेको छ । जस अनुसार मन्त्रीहरुले पालो गरेर शनिबार बाहेक प्रत्येक दिनको २ देखि ३ बजे सम्म पार्टी कार्यालयमै कार्यकर्ताहरुसँग भेटघाट गर्नुपर्ने कार्ययोजना सार्वजनिक गरीएको छ । जस अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आइतबार र शुक्रबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यसैगरी स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई सोमबार दिउँसो २–३ बजेसम्म र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई मंगलबार दिउँसो २–३ बजेसम्म र सहरी विकासमन्त्री मेटमणी चौधरीलाई बुधबार पार्टी कार्यालयमा पुग्न समय निर्धारण गरेको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई बिहीबारको समय तोकिएको छ । पार्टीका उपमहासचिव डा गंगालला तुलाधरले बताए । उनका अनुसार पार्टी कार्यकर्ता र मन्त्रीसँको जनसम्पर्क अभिवृद्धि गर्ने उदेश्यले त्यस्तो कार्ययोजना बनाएको हो ।