काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा ३ सय १० जना केन्द्रीय सदस्य उपस्थित भएका छन्। बबरमहस्थित कार्की ब्यांकेटमा भएको उक्त पक्षको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।
प्रचण्ड नेपाल समूहले धेरै प्रयास गर्दा पनि गृहमन्त्री रामबहादुर थापा बादल र वामदेव गौतम भने सहभागी भएनन्। उनीहरू दुवै जनाले कुनै पनि पक्षका बैठकमा तत्काल नजाने बताउँदै आएका छन्। यी दुवै नेता अनुपस्थित भएपछि उनीहरूका पक्षका नेताहरू भने बैठकमा उपस्थित भएका छैनन्।
केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्ने विषयमा छलफल गरिरहेको छ।