August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

राजनीतिक स्थायित्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्छ: शेरधन राई

440

विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक स्थायित्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताएका छन् । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले सो कुरा बताएका हुन् ।

राईले साना दलले मौका हेरेर सरकार परिवर्तन गर्ने हुनाले स्थायीत्वका लागि दुई पार्टी प्रणालीमा जानुपर्ने बताए । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजाले पनि यस्तै संकेत गरेको उनको भनाइ छ ।

आफू मुख्यमन्त्री हुँदा प्रदेशको नाम राख्न नपाएकोमा अफसोच रहेको बताए । उनले केही दिनभित्र प्रदेशको नामको विषयमा सहमति हुने पनि बताए ।

Advertisement

यस्तै, नेता राईले प्रदेश १ मा गन्तव्य नभएको सरकारले आफूजस्तै बजेट ल्याएको टिप्पणी गरे । अहिलेको सरकारले आफ्ना मान्छेलाई खुसी पार्ने तर्फ उद्दत रहेको भन्दै राईले चुनावलाई केन्द्रमा राखेर बजेट छरिएको जिकिर गरे । निर्वाचनमा पैसा वितरण गर्ने उद्देश्यले बजेट आएको भन्दै नेता राईले सबै वडामा वर्थिङ सेन्टर स्थापना गर्नु असम्भव रहेको बताए ।