August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

एकीकृत समाजवादी स्थायी कमिटीको बाह्रौं बैठक सम्पन्न

465

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटीको बाह्रौं बैठक सम्पन्न भएको छ । जेष्ठ ३१ गते प्रारम्भ भएको बैठक विभिन्न महत्त्वपूर्ण निर्णयका साथ असार १ गते सम्पन्न भएको हो ।

बैठकले अध्यक्ष माधव नेपालद्वारा प्रस्तुत निर्वाचन समिक्षा प्रतिवेदन तथा आगामी कार्ययोजना पारित गर्नुका साथै यसअघि केन्द्रीय कमिटी र केन्द्रीय निकायमा गरिएको मनोनयन, मन्त्रीहरु फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने लगायतका सचिवालयले गरेका निर्णयहरु अनुमोदन गरेको छ ।

यस्तै, बैठकले यही असार १० गते पोलिटब्युरो, असार ११ गते केन्द्रीय कमिटी र असार १३–१४ गते केन्द्रीय परिषद्को बैठक आयोजना गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

अब पार्टीको मुख्य काम आगामि निर्वाचनको तयारी गर्नु र त्यसका लागि सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गर्ने निष्कर्ष सहित केही समसामयिक प्रस्तावहरु पारित गर्दै स्थायी कमिटीको बैठक सफलतासाथ सम्पन्न भएको जनाइएको छ ।