काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको संयोजकमा नेकपा (एकीकृत समाजवादी) का दीपक गौतम विजयी भएका छन्। २२ मत पाएर गौतम विजयी हुँदा एमालेका उम्मेदवार कमला भट्टराईले ४ मत मात्र पाएका थिए ।
उपप्रमुखमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार रिमबहादुर तामाङ चयन भएका छन् । तामाङले नेकपा एमालेका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरि विजयी बनेका हुन् ।
यस्तै, समितिका सदस्यहरूमा गठबन्धनको तर्फबाट उठेका अप्सरा सिप्खान (ढुंगाना) चण्डिका मिजार, नीरबहादुर लामा, मंगलबहादुर तामाङ, कृष्णकुमारी राई, रस्मिता भण्डारी विजयी भएका छन् ।
काभ्रेका १३ स्थानीय पालिका २६ पद मध्ये १३ पदमा काँग्रेस, नेकपा माओवादी केन्द्र ८, नेकपा एमाले ४ र एकीकृत समाजवादी एक पदमा निर्वाचित भएका थिए ।