November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मंगलबारका लागि नेकपाका दुवै समूहले बोलाए केन्द्रीय कमिटी बैठक

1.9K

काठमाडौं–  मंगलबारका लागि सत्तारुढ दल नेकपाका दुवै समूहले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। दुवै पक्षले फरक फरक स्थानमा केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठक बोलाएका छन्।

प्रधानमन्त्री ओली पक्षले बिहान ९ बजे  बैठक बोलाएको छ। अर्कोतर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे बैठक बोलाएको छ। प्रचण्ड–माधव समूहले कार्की बेङ्क्वेटमा बैठक बोलाएको हो।

प्रधानमन्त्री ओली निकट कार्यालय सचिव ईश्वरी रिजालले नेताहरूलाई बालुवाटार केन्द्रीय कमिटी बैठकमा सहभागी हुन सूचित गरेका छन्। प्रचण्ड निकट कार्यालय सचिव श्रीराम ढकालले दिउँसो १ बजे कार्की बेङ्क्वेटमा बैठक हुने सूचना जारी गरेका छन्।

Advertisement