काठमाडौं । लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री अस्पताल भर्ना भएका छन् । मन्त्री खत्रीलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्प्तालमा भर्ना गरिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवालयका अनुसार मानसिक तनावका कारण स्वास्थ्यमा समस्या देखिएपछि खत्रीलाई अस्पताल भर्ना गरिएको हो ।
दाङको तुल्सीपुरमा स्थानीय एकराज बस्नेतको घरमा पुगेर लफडा गरेपछि मन्त्री खत्री विवादमा तानिएका छन् । उनले आफूले सामान्य रुपमा हिसाब किताब मिलाउनको लागि बस्नेतको घरमा गएको तर आफ्नो राजनीतिक र सामाजिक जीवन समाप्त पार्नका लागि षडयन्त्र भएको दाबी गर्दै आएकी छन् ।