August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

एसपीपी सम्झौताको प्रस्ताव आएको छैन : कानुनमन्त्री

315

काठमाडौं । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) सम्झौताका लागि नेपाललाई प्रस्ताव नगरेको बताएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि अमेरिकासँग एसपीपी माग नगरेको स्पष्ट पारे ।

‘सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन्’ कानुनमन्त्री बन्दीले भने, ‘प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरकारलाई बदनाम गराउने एउटा खेल मात्रै हो ।’

कहीँ कतै एसपीपीको प्रस्ताव नआएको दोहो¥याउँदै उनले थपे, ‘हामीलाई बनको बाघले होइन, मनको बाघले नखाओस् ।’

Advertisement