August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन एमालेको माग

585

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे जानकारी गराउन संसदमा माग गरेको छ । आज प्रतिनिधि सभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे सदनमा जानकारी गराउन माग गरेका हुन् ।

बैठकमा समय मागेर बोलेका ज्ञवालीले प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे परराष्ट्र मन्त्रालयभन्दा पनि नेपाली सेनाले अग्रसरता लिइरहेको उनले बताए । ‘प्रधानमन्त्रीको यो भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको ? यसबारे सदनले थाहा पाउन जरूरी छ ।’, ज्ञवालीले भने ।

रक्षा मन्त्रालयसमेत हेर्दै आएका प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण कहिलेदेखि हुने र कुन कार्यक्रममा जाने भन्नेबारे औपचारिक जानकारी आइसकेको अवस्था छैन ।

Advertisement

अमेरिका भ्रमणबारे प्रधानमन्त्रीले छिटो संसदलाई जानकारी गराउनुपर्ने ज्ञवालीले बताए । साथै उनले यस्ता महत्वपूर्ण विषयमा सरकारले प्रमुख प्रतिपक्षी दलसँग छलफलसमेत नगरेको उनको भनाइ थियो ।