काठमाडौं । पूर्वडीआईजी रमेश खरेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् ।
खरेललाई नेपाल सुशासन पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ ।
खरेल सुशासन पार्टीका अध्यक्षसमेत रहेको र उनको यसअघि पर्सा वा काठमाडौंबाट उम्मेदवार बन्ने तयारीका समाचारहरू सार्वजनिक भएका थिए ।