August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पार्टीले गरेको मन्त्री हेरफेरको निर्णयलाई सरकारले तुरुन्त कार्यान्वयन गरोस्: झनलाथ खनाल

400

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीले गरेको मन्त्री फेर्ने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञसाको जवाफ दिँदै नेता खनालले पार्टीको तर्फबाट मन्त्री हेरफेर गर्ने निर्णय अझै कार्यान्वयन नभएकोमा आपत्ति जनाउँदै तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री देउवालाई दबाब दिएका हुन्। 

नेता खनालले भने, ‘मैले धेरै पटक यसको जवाफ दिईसके–यसमा हाम्रो पार्टीको तर्फबाट गम्भिर आपत्ति छ। यो तुरुन्त लागू हुनुपर्छ। नेकपा (एकीकृत समाजवादी)ले गर्नुपर्ने निर्णय गरिसकेको छ। यसलाई गठबन्धन सरकारले तुरुन्त कार्यान्वयन गर्नुपर्छ। अरु कुनै विकल्प छैन।’

Advertisement