August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पढेको विद्यार्थी नै असल राजनीतिज्ञ र नेतृत्व गर्न सक्ने बन्छः अध्यक्ष नेपाल

465

लेखनाथ सिकारु, काठमाण्डौ, जेठ २५ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विद्यार्थीको पहिलो काम पढ्ने भएको भन्दै पढेको विद्यार्थीले मात्र असल नेतृत्व गर्नसक्ने बताएका छन् ।

उपत्यका विद्यार्थी विशेष जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विद्यार्थीले औपचारिक र अनौपचारिक दुवै ढंगबाट पढ्नु पर्ने भन्दै पढाइ र राजनीतिलाई ब्यवस्थित गरेर लैजानु पर्ने बताए ।

Advertisement

विद्यार्थी आन्दोलनबाटै नेतृत्व निर्माण हुने भन्दै अध्यक्ष नेपालले तर्क र तथ्यमा आधारित भएर ज्ञान, आँट र आत्मविश्वासका साथ अगाडि वढ्नु पर्नेमा जोड दिए । पानी परिचालित भएपछि उर्जा निस्केजस्तै जनता परिचालित भएर पार्टी निर्माण गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले पार्टीले निर्णय गरेअनुसार मन्त्रीहरू परिवर्तन हुने भन्दै आफूहरूले मन्त्री परिवर्तनको निर्णय गरेपछि अरू पार्टीमा भूकम्प गएको बताए । ‘हाम्रो पार्टीले निर्णय गर्यों अरू पार्टीमा भूकम्प गयो । दोष जति हाम्रा मन्त्रीलाई नदिऔं । अब जाने मन्त्रीले राम्रा काम गरुन्। ‘मन्त्रीहरूले पार्टीको निर्णय मान्न तयार छौं भनेका छन् । मन्त्रीको कुर्सीमा टाँसिएर बस्ने छैनौं भन्नुभएको छ, बाहिरका हल्लाको पछि नलागौं उनले भने ।

सत्ता गठबन्धनमै रहेर प्रदेश र संघीय चुनावसम्म जाने भन्दै स्थानीय चुनावमा गठबन्धनको धेरै भर पर्दा परिणाम सोचे अनुसार नआएको पनि उनले बताए । उनले त्यसको समीक्षा र कार्यदिशासहित अगाडि बढ्न आम कार्यकर्ताहरुलाई निर्देशन दिए ।