जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सहभागी भए स्वागत गर्ने बताएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जसपा अध्यक्ष यादवले भने, ‘हामी खुल्ला छौं, स्वागत गर्न तयार छौं ।’
यस्तै, अध्यक्ष यादवले ५ दलीय गठबन्धन प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम रहोस् भन्ने आफूले चाहेको बताए । ‘हामी चाहान्छौं गठबन्धन नियमित अघि बढोस्,भलै कुनै पार्टीलाई कतै नोक्सान त कदै फाइदा पनि हुन्छ ।’, उनले भने ।
अध्यक्ष यादवले सदनबाट नागरिकता विधेयक पारित गर्ने र नागरिकताविहीनलाई नागरिकता दिंदै अबको चुनावमा मतदाता सूचीमा नाम राखिने पनि बताए ।