June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

पूर्व माओवादीका बादल र भट्टले मन्त्रीबाट राजीनामा नदिने

2.4K

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा नदिने भएका छन्।

यसअघि ऊर्जामन्त्री वर्षमान पुनले पूर्व माओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूले राजीनामा दिने बताएका भएपनि बादल र भट्टले राजीना नदिने भएका हुन्। 

आइतबार सिंहदरबारको संसद् विकास समितिको हलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको घोषणा गर्न लागिएको जानकारी ऊर्जमन्त्री वर्षमान पुनले बताएका थिए।

Advertisement