November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

‘जो रक्षक उही भक्षक’: बाबुराम भट्टराई

3.3K

काठमाडौं – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहने बताएका छन्। उनले साख गुमाइसकेको राष्ट्रपति संस्था जो रक्षक उही भक्षकको भूमिका निर्वाह गरेकोमा आश्चर्य हुनु नपर्ने बताएका हुन्।  

‘पहिल्यै साख गुमाइसकेको राष्ट्रपति संस्थाले यस्तै’जो रक्षक उही भक्षक’को भूमिका निर्वाह गर्नु के आश्चर्य भयो र ?’ बाबुरामले ट्विटरमा लेखेका छन्, ‘वर्तमान राप र प्रमको टिम रहेसम्म लोकतन्त्रमाथि खतरा रहिरहनेछ भनेर हामीले भन्दै आएको कुरा पुनःपुष्टि भएको छ१ प्रतिगमनका अरू शृंखला क्रमश उद्घाटित हुन सक्छन्।प्रतिरोध गरौं।’