July 5, 2022, Tuesday
२०७९ असार २१
1:37:26 pm

मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मा काँग्रेसको प्यानल विजयी

610

धरान । मोरङको सुन्दरहरैंचा नगरपालिका–२ मा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । २६ वर्षीय विवश प्रधान वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रधान नेकपा एमालेका उम्मेदवार झरीलाल माझी थारुलाई ११० मतले पछि पार्दै विजयी भएका छन् । प्रधानले १५७० मत ल्याउँदा माझिले १४६० मत प्राप्त गरे । त्यसैगरी माओवादी केन्द्रबाट महेशलाल माझीले १८५ मत प्राप्त गरेका छन् ।

त्यस्तै, खुल्ला सदस्यमा काँग्रेसकै ओम नारायण चौधरी र नन्द नारायण गच्छदार, महिला सदस्य सीता खवास, दलित महिला सदस्य प्रमीला कुमारी बिक निर्वाचित भए ।

Advertisement