May 25, 2022, Wednesday
२०७९ जेष्ठ ११
1:37:26 pm

राजेन्द्र लिङ्देनको वडा हल्दिबारी गाउँपालिका–१ मा राप्रपाको प्यानल विजयी

395

बिर्तामोड । झापाको हल्दिबारी गाउँपालिका–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडाध्यक्षसहित प्यानल नै विजयी बनेको छ ।

वडाध्यक्षमा राप्रपाका देवीबहादुर थापा तथा सदस्यमा कुलबहादुर बान्तवा, प्रकाशकुमार कार्की, महिला सदस्यमा शान्ता सिवाकोटी र दलित महिला सदस्यमा रुपादेवी रसाइली विजयी भएका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको घर भएको उक्त वडामा अघिल्लो चुनावमा एमालेले जितेको थियो ।

Advertisement