काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ। दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे १ सम्म बस्न सकेको छैन।
पार्टीको महत्त्वपूर्ण बैठकअघि सरकारले चालेको कदमलाई नेकपाका नेताहरुले नै आलोचना गरेका छन्। प्रवक्ता समेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले प्रतिगामी कदम भनेका छन्।
आज प्रधानमन्त्री श्री के पी शर्मा ओलीले संघीय प्रतिनिधिसभा विघटन गर्न गर्नुभएको सिफारिस गैरसंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र परिवर्तनविरोधी प्रतिगामी कदम हो। यो लागू हुन सक्दैन। यसको विरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्र, लोकतन्त्र एवं परिवर्तनका पक्षधर सम्पूर्ण शक्तिहरु एक होऔं’, श्रेष्ठले ट्विटमार्फत धारणा सार्वजनिक गरेका छन्।