May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा एमालेको अग्रता

375

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । एमाले अध्यक्ष उम्मेदवार सन्तोष चाम्लिङ ७०२ मत सहित अग्रस्थानमा छन् भने गठबन्धनतर्फका उम्मेदवार लालकृष्ण चौहानले ५०४ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा पनि एमालेकी तुलसा बस्नेतले अग्रता लिएकी छन् । गठबन्धनतर्फबाट माओवादी केन्द्रका डा चित्र माबोलाई पछि पार्दै ५८५ मत सहित उनी अग्रस्थानमा छिन् । अहिलेसम्मको मतपरिणाम अनुसार गठबन्धनका चित्र माबोले ४९७ मत पाएका छन् ।

Advertisement