May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

रुकुम सानीभेरी गाउँपालिका–२ मा माओवादी केन्द्रको प्यानल विजयी

350

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर २ मा पनि माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । प्रतिस्पर्धी नेपाली काँग्रेसका दिनेश विकलाई पछि पार्दै माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका हुन् ।

नवनिर्वाचित वडाध्यक्ष पुन ४ सय ८२ प्राप्त गरी विजयी बनेका हुन् भने विकले २ सय २१ मत पाए । वडा सदस्यहरुमा पनि माओवादी केन्द्रका गंगादेवी पुन, आशा दमाई, तिखे पुन र धने कामी विजयी भएका छन् ।

वडा नम्बर १ मा पनि माओवादी केन्द्रका टेकबहादुर पुनको प्यानलै विजयी भएको थियो ।

Advertisement

वडा नम्बर २ को मत गणना सकिदासम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्रका उम्मेदवारले फराकिलो मतान्तरसहित अग्रता लिएका छन् । अध्यक्षमा माओवादी केन्द्रका बिर्खबहादुर विष्टले १ हजार ३२ मत ल्याएर अग्रता कायम गर्दा नेपाली काँग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका उम्मेदवार गोरखप्रसाद चन्दले ४ सय ८२ मत पाएका छन् ।

उपाध्यक्षमा माओवादी केन्द्रकी कमला रोकाले १ हजार ३५ मत पाउँदा काँग्रेस–एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले ३ सय ७ मत पाएका छन् ।