May 24, 2022, Tuesday
२०७९ जेष्ठ ११
1:37:26 pm

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी

345

तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका वडा नम्बर–१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । निकटम प्रतिद्धन्दी नेकपा एमालेका शुभभगत प्रधानाङ्गलाई पराजित गर्दै काँग्रेसका बुद्धिराज लिम्बु सहितको प्यानल विजयी बनेको हो ।

नवनिर्वाचित वडाध्यक्ष लिम्बुले ७ सय ८७ मत प्राप्त गरेका छन् भने प्रतिद्धन्दी प्रधानाङ्गले ६ सय ३४ मत प्राप्त गरेका छन् ।

यस्तै, म्याङलुङ–२ वडामा पनि नेपाली काँग्रेसका हेमराज तुम्बाहाङफे बिजयी भएका छन् । उनले ५ सय ९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका शम्भु तुम्बाहाङफेले ४ सय ७५ मत प्राप्त गरेका छन् । अन्य वडाहरुको मतगणना धमाधम भै रहेको छ ।

Advertisement