May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

थवाङ गाउँपालिका–५ मा माओवादी केन्द्रका प्यानलै विजयी

320

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ अध्यक्षमा नेकपा माओवादी केन्द्रका प्यानलै विजयी भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा विप्लव समूहका संयूक्त उम्मेदवारलाई हराउँदै माओवादी केन्द्रका गोवर्द्धन घर्तीको प्यानल विजयी भएको बनेको हो ।

काँग्रेस एमाले र विप्लव समुह सहितका संयूक्त उम्मेदवार बनेका काँग्रेसका लुकमन रोकामगरलाई हराउँदै काँग्रेस,एमाले विप्लव समुहका रोकामगरले २९१ मत ल्याउँदा माओवादीका घर्ती ३९५ मत ल्याएर विजयी भएका हुन् ।

यस्तै, माओवादीका महिला सदस्य जुनसरी पुनले ४०२ मत, दलित महिला सदस्य रामकली विकले ४०३ मत, खुला सदस्य बुद्धिबहादुर घर्तीले ४०४ मत,खुला सदस्य मैते घर्तीले ४०० मत ल्याएका हुन् ।

Advertisement

थवाङ गाउँपालिका अध्यक्षमा माओवादीबाट ऋषिकेशव बुढामगर र उपाध्यक्षमा शर्मिला बुढा उम्मेदवार छन् । तीन पार्टीका संयूक्त उम्मेदवार विप्लव समुहका दलजित रोका र उपाध्यक्षमा रायनबहादुर रोका छन् ।