काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्ष हर्क नारायण जोशी सहित नेपाली काँग्रेसकाको प्यानल नै विजयी भएको छ ।
जोशीले माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।
विजयी भएका जोशीले ४६४ मत ल्याए भने माओवादी केन्द्रका चौधरीले ३४१ मत ल्याए । एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याए ।