January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

अधिनायकवाद उन्मुख कदमप्रति गम्भीर असहमति: देउवा

1.5K

काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन्।  

देउवाले ट्वीट गर्दै अधिनायकवाद उन्मुख उक्त कदमप्रति गम्भीर असहमति रहेको पनि बताएका छन्।

‘प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक छ,’ देउवाले भनेका छन्, ‘अधिनायकवाद उन्मुख यो कदमप्रति हाम्रो गम्भीर असहमति छ।’ देउवाले प्रधानमन्त्रीले सिफारिस गर्दैमा राष्ट्रपतिले उक्त सिफारिस स्वीकार्न बाध्य हुनुपर्ने अवस्था नरहेको पनि बताएका छन्। ‘संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ उनले लेखेका छन्, ‘यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।’ 

Advertisement