May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

निर्वाचन आयोगले दाहाललाई सोध्यो २४ घण्टे स्पष्टीकरण

280

काठमाडौँ — निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ  । वैशाख २३ गते भरतपुरमा आयोजित चुनावी सभामा दिएको अभिव्यक्तिबारे आयोगले दाहाललाई स्पष्टीकरण सोधेको हो ।

मंगलबार नेपाली कांग्रेस(बीपी) दाहालविरुद्ध मतदातालाई धम्क्याएको भन्दै उजुरी दिएको आयोगले जनाएको छ ।

आयोगले दाहाललाई सोधेको स्पष्टीकरणमा भनेको छ, ‘यहाँ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षले आफ्नो दलको चुनाव चिह्नमा भोट हालिँदैन भने देश दुर्घटनमा जान्छ भन्नुको अन्तरनिहित मनसाय के हो ? यहाँको अभिव्यक्ति प्रचलित निर्वाचन कानुनविपरीत छ, छैन ?’ आयोगले दाहाललाई ‘कुनै अमुक उम्मेदवारको हारजितले देश नै दुर्घटनामा पर्ने हुन्छ/हुँदैन ?’ को उत्तरसमेत २४ घण्टामा दिन निर्देशन दिएको छैन ।

Advertisement