May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

कुम्मायक गाउँपालिकामा गठबन्धनले अपेक्षित परिणाम ल्याउने दाबी

2.2K

-पदम सुखी सम्बाहाम्फे

पाँचथर । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा कुम्मायक गाउँपालिका भित्र चार दलीय दगठबन्धनका उम्मेदवारहरुले चुनाव जित्ने दाबी गरेको छ । शनिबार भएको मोटरसाइकल ¥याली तथा जनता सँगको प्रत्यक्ष भेटघाट अन्तर्गतको घरदैलो कार्यक्रमको क्रममा सो कुरा प्रष्ट भएको अध्यक्ष पदका उम्मेदवार बमप्रसाद लावती उपाध्यक्ष पदका उम्मेदवार महेन्द्रबहादुर खड्काले बताएका छन् ।

दुई तिहाइको बहुमत दिएर सरकारमा पठाउँदा जनताबाट प्राप्त अभिमतको अपमान गरि दुईपटकसम्म संविधान निमोठ्ने र प्रतिपक्षीमा राख्दा संसद अवरोध गर्ने दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न सबैको साथ सहयोग चाहिने मेचिनगर युनिभर्सिटीका प्रोफेसर डा महेन्द्र सुन्दर लावलीले बताएका । नेपाली जनतालाई बैकल्पिक राजनीतिक शक्तिको प्रतीक्षामा रहेको बताउदै डा लावतीले भने, ‘सदियांै बर्षदेखि वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक उत्पीडनमा परेका नेपाली जनतालाई सबैखाले विभेदबाट मुक्त गर्नका लागि यो निर्वाचन एउटा महत्त्वपूर्ण अवसर भएको बताएका छन् ।

Advertisement

माङ्जाबुङको चौथी बजारमा आज भएको पालिका स्तरीय गठबन्धनका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निवर्तमान वडा अध्यक्षका तथा उम्मेदवार बालकृष्ण शेर्माले ओलिवादको मुकुण्डोले आफ्नो असली अनुहारलाई कुरुप नबाउन आग्रह गरेका छन् ।

यसैगरी गाउँपालिकाको विभिन्न क्षेत्रमा गठबन्धनका साझा चुनावी कार्यक्रमहरु आज सम्पन्न भएको छ । जसपाका निवर्तमान वडा अध्यक्ष तथा उम्मेदवार देवेन्द्र लावतीको संयोजकत्वमा घरदैलो कार्यक्रम भएको हो ।

यसपटक यश गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालका चार दलीय गठबन्धनको उम्मेदवारहरु नै बिजयी हुने र नेकपा एमाले पार्टीले आफ्नो विरासत जोगाउन मुस्किल हुने स्थानीयको भनाइ छ ।