May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

एमालेको सरकार नआएसम्म देशको विकास हुँदैन : ओली

195

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार नआइञ्जेल देशको विकास नहुने बताएका छन् । एमाले मात्र देशको एक पार्टी भएको बताउँदै उनले देशको विकास हनुका लागि एमालेको सरकार आउनपर्ने उनले बताएका हुन् ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आइतबार पछिल्लो समसामयिक राजनीति तथा आसन्न स्थानीय तह निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अध्यक्ष ओलीले भने, ‘देशको विकास र समाज रुपान्तरणका लागि एमालेले सधैं अग्रसर हुँदै आएको छ ।

एमालेमात्र एउटा यस्तो पार्टी हो, जसले निरन्तर देश र जनताका लागि काम गर्दै आएको छ ।’ एमालेबाहेक अरु पार्टीमा राष्ट्रियता नभएको समेत उनले दावी गरे ।

Advertisement