काठमाडौं । चितवन महानगरपालिकाको मेयर उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी नेता रेनु दाहालले आफूहरुको जित सुनिश्चित रहेको बताएकी छन् । सत्तागठबन्धनतर्फको उम्मेदवार रहेकी उनले गत पाँच वर्षमा राम्रा काम गरेको पनि बताइन् ।
आज चितवनमा सत्तागठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै उनले भनिन्, ‘हाम्रो जित सुनिश्चित छ, केपी ओली प्रवृत्तिलाई मतबाटै परास्त गर्नुपर्नेछ ।’
यस्तै, उनले चुनाव जितेमा आफू गठबन्धनको साझा मेयर भएर काम गर्ने साथ गठबन्धनलाई दीगो रूपमा लैजाने पनि बताइन् ।
यस पाँच वर्षमा गर्व गर्न लायक काम गरेको उनको दाबी छ । यस पाँच वर्षमा टाउको झुकाउन नपर्ने गरी सिधा आँखाले जनता र प्रतिपक्षका अगाडि कुरा गर्न सक्ने काम गरेका उनको दाबी थियो । अब थप पाँच वर्ष समय पाउने हो भने अघि बढेका बाँकी आयोजना पूरा हुने उनले बताइन् ।