November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कुम्मायक गाउँपालिकामा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रम

2.9K

पाँचथर । कुम्मायक गाउँपालिकाको मैदाने र सुब्जानीमा गठबन्धनका शीर्षस्थ नेताहरूद्वारा चुनावी प्रचारप्रसार कार्यक्रम गरिएको छ ।

आज भएको उक्त घरदैलो कार्यक्रमको समारोहमा बोल्दै उम्मेदवार तथा निवर्तमान वडा अध्यक्ष देबेन्द्र कुमार लावतीले कुम्मायक गाउँपालिकाको वस्तुगत घटना समय र परिस्थितिको माग अनुसार गाउँपालिकामा बाम– लोकतान्त्रिक समाजवादी गठबन्धन आवश्यकता भएको बताए ।

यस्तै, उनले दीर्घ रोगीहरुलाई ५० हजार सम्मको आर्थिक सहयोग उपलब्ध गराउने, बालबालिका, वृद्धवृद्वा, गर्भवती महिला सुत्केरीलाई निशुल्क स्वास्थ सेवा उपलब्ध गराउने, कुम्मायक गाउँपालिकामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला जस्ता स्वास्थ्य, शिक्षा, संस्कृती युवा तथा खेलकुद कृषि, पर्यटन, उद्योग, बाणिज्य र वन लगायतका विभिन्न शिर्षकका विकास निर्माण कार्यहरू गठबन्धन टिमले नै पारदर्शीता दिलाउने प्रतिबद्धता पनि जाहेर गरेका छन् ।

Advertisement

कार्यक्रममा बोल्दै बुद्धिजीवी गणेश चेम्जोङले लोकतन्त्र, सार्वभौमसत्ता र नागरिक अधिकारको मूल्य नबुझ्ने व्यक्तिहरु सदैव अर्थहीन झुण्डको रूपमा रहने बताए । ‘आफ्नो अस्तित्व र पहिचान जोगाउनुको सट्टा कन्जुस्याइँ गरेर मेरो पुरानो पार्टी हो भन्दै ज्यान आहुती दिन तयार हुने व्यक्ति यो २१औं शताब्दीको झुण्ड नभएर अरु को हुनसक्छ ?’, चेम्जोङको प्रश्न थियो । बुझेर वा नबुझेर समाजवादको झुण्डको खेती गर्नु भनेको चेतनाको अभिवृद्धी नहुनु वा आफ्नो स्वार्थ भन्दा अरु केही नदेख्नु शिवाय केही नभएको पनि उनले बताए ।

यस्तै, समाजसेवी बिमला हेम्ब्याले कृषि पेशाले मात्र कुम्मायकका बेरोजगार युवाहरु स्वरोजगार बनाउ सकिने बताए । रचनात्मक एवं वैज्ञानिक ढंगले कलकारखाना खोले मात्र समस्या हल गर्न सकिने उनको भनाइ थियो ।