May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

जनता समाजवादी पार्टीको धरानमा घरदैलो सुरु

315

धरान । गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले आफ्नो चुनाव चिन्ह छातामा मतदान गर्न आह्वान गर्दै घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ ।

उम्मेदवारी दर्ता गर्न अघीदेखि नै टोल समिति गठनमा लागेका जनता समाजवादी पार्टीले धरान उपमहानगर वडा नम्बर ५,८,१५,१७,१९ सहित प्राय सबै वडामा मेयर पदका उम्मेदवार ताजुप लिम्बु र उपमेयर उम्मेदवार बिना राई सहितको घरदैलो कार्यक्रमलाई तिब्रता दिएको कुरा प्रचारप्रसार विभाग संयोजक दलमर्दन कामिले जानकारी दिए । संघीयता सुशासन समृद्धि र पहिचान,जसपाको चुनाव चिन्ह छातामा मतदान भन्ने मुल नारा सहित घरदैलो कार्यक्रम भैरहेको छ ।

धरानको ८ नम्बर वडामा भगिराज चेम्जोङ वडा अध्यक्षको प्यानल सहितको उम्मेदवारीसंगै घरदैलो भैरहेको छ । वडा नम्बर ५ मा चन्द्र सोताङ वडा अध्यक्ष रहेको प्यानल सहितको उम्मेदवारहरु घरदैलो कार्यक्रममा ब्यस्त रहेको जानकारी दिए । त्यसैगरी वडा नम्बर १५ मा हरिकुमार राई वडा अध्यक्ष पदमा उम्मेदवारीसंगै घरदैलो कार्यक्रममा लागिरहेको बताए । वडा नम्बर १९ मा सुमन चेम्जोङको वडा अध्यक्षको उम्मेदवारीसंगै घरदैलोमा तीव्रता दिइएको कुरा संयोजक दलमर्दन कामिले जानकारी दिए ।

Advertisement

घरदैलो कार्यक्रमका तस्वीरहरु ।