May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

लुम्बिनी प्रदेश कमिटीका ६ सहित २१ जनालाई एमालेले गर्‍यो कारबाही

235

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश कमिटीका ६ जना सदस्यसहित २१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा रुपन्देहीका १५ जना रहेका छन् ।

पार्टीको निर्णय विरुद्ध लागेको भन्दै उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको एमालेको प्रदेश र जिल्ला कमिटीले छुट्टाछुट्टै जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको कारबाहीमा परेका प्रदेश कमिटी सदस्यहरुमा कपिलवस्तुका कुमारमधु बेल्बासे, पाल्पाका रामबहादुर रावल र दिनेश रावल, प्युठानका टिकाबहादुर गुरुङ तथा रुपन्देहीका सन्जय गुप्ता र बाबुलाल यादव रहेका छन् । उनीहरु मध्ये कतिपयले स्थानीय तह चुनावमा उम्मेदवारी पनि दिएका छन् ।

Advertisement