May 18, 2022, Wednesday
२०७९ जेष्ठ ४
1:37:26 pm

बालेन भन्ने फुच्चे दर्तावाला ठग रैछ: केशव स्थापित

320

काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार बनेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठग रहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै स्थापितले बालेनले आफूलाई मधेसको साह नभनी काठमाडौंको ठकुरी शाह भनेर झुक्क्याइरहेको पनि बताए ।

स्थापितले भने, ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ, युवाहरूले सुनौँ है ! म सित परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको पहाडिया ठकुरी भनेको थियो । तर, हिजो टिकटक हेरेको त मधेसतिरको साह रहेछ । सुरुवातमै ठग कुरा गर्ने ? दर्तावाल ठग रहेछ । यसरी सबै काठमाडौंवासीलाई ठग्न पाइन्छ ? मधेसको मान्छे भनेर आउने आँट गर्नुपर्दैन ?’

त्यस्तै स्थापितले गठबन्धनका उम्मेदवार सिर्जना सिंहमाथि पनि प्रश्न उठाए । सिंहसँग नीति–कार्यक्रम केही नभएको भन्दै काठमाडौं कस्तो छ र यसलाई कसरी रूपान्तरण गर्ने भन्ने कुरा केही थाहा नभएको तथा मञ्चमा आउने तागत समेत नभएको बताए । आफूले सय वटा अन्तरवार्ता दिइसक्दा सिंहले एउटा पनि दिन नसकेको उनले बताए ।

Advertisement