पोखरा । पोखरा महानगरको मेयर पदमा काँग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् ।
गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् ।
उनीहरूले पार्टीले दिएको निर्देशन पालना गर्दै लोकतन्त्रको रक्षाका लागि उम्मेद्वारी फिर्ता लिएको बताएका छन् ।
तिवारी र सापकोटाले उम्मेदवारी फिर्ता लिए पनि बागी विमल कार्कीले भने फिर्ता लिएका छैनन् ।
उनी पनि काँग्रेसकै नेता हुन् । अहिले गठबन्धनबाट वडाका उम्मेद्वारले समेत फिर्ता लिइरहेका छन् ।