May 24, 2022, Tuesday
२०७९ जेष्ठ १०
1:37:26 pm

जसपा सिन्धुलीको कमलामाई नगरपालिका नगर प्रमुखमा बन्दना सुबेदीको उम्मेदवारी

2K

सिन्धुली । जनता समाजवादी पार्टी सिन्धुलीको कमलामाई नगरपालिकाका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारहरुले कमलामाई नगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यलयमा मनोनयन दर्ता गराएका हुन् ।

जसपा सिन्धुलीको कमलामाई नगरपालिकाका नगर प्रमुखमा बन्दना सुबेदी र उपप्रमुखमा मोदनाथ तिमल्सिना (बिमल) मनोनयन दर्ता गराएका हुन् ।

यस्तै, यस समाचार तयार पार्दा सम्म कमलामाई नगरको वडा अध्यक्षहरुमा वडा नम्बर १ मा हेम पुलामी, ४ मा रामबहादुर भुजेल, ५ मा शेरबहादुर श्रेष्ठ र ८ नम्बर वडामा आइतेमान गोलेले मनोनय दर्ता गरका हुन् ।

Advertisement

अन्य वडाका अध्यक्ष र सदस्यहरुको मनोनयन दर्ता हुन बाँकि रहेको जनाइएको छ ।