May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

उम्मेदवार मनोनयन दर्ताको आज अन्तिम दिन, आजै उम्मेदवारको नामावली प्रकाशन हुने

250

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनयनको आज दोस्रो र अन्तिम दिन हो । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनयन सुरु हुँदैछ ।

निर्वाचन आयोगले सोमबार पनि बिहान १० देखि अपराह्न ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न सक्ने कार्यतालिका बनाएको छ । ठुला राजनीतिक दलहरूले स्थानीय तह निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सोमबार मात्रै उम्मेदवारी दर्ता गराउँदैछन् ।

विगतका स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम एक दिनको रहेकामा एक दिनमा मनोनयन दर्ता गर्दा उम्मेदवार, राजनीतिक दल, निर्वाचन अधिकृतको कार्यालय समेतले कार्य चाप धान्न कठिन भएको र केही स्थानीय तहको उम्मेदवारी दर्ता भोलिपल्ट बिहानसम्म गर्नुपरेकाले उम्मेदवारको मनोनयन दुई दिन राख्न राजनीतिक दल तथा सरोकारवालाबाट प्राप्त सुझावका आधारमा आइतबार र सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम बनाइएको आयोगले जनाएको छ ।

Advertisement