May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेती उम्मेदवार

390

भक्तपुर । विवेकशील साझा पार्टीले सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाको अध्यक्ष पदमा दिपक प्रसाद उप्रेतीलाई अगाडी सारेको छ । लिसंखु पाखर गाउँपालिका वडा नं. ३ का स्थायी बासिन्दा दिपक प्रसाद उप्रेती विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य हुन् ।

२०५९ सालमा बुद्धोदय उच्च माध्यमिक विद्यालय लिसंखुबाट एस.एल.सी. उत्तीर्ण गरेका ३५ वर्षीय उप्रेतीले सप्लाइ चेन म्यानेजमेन्टमा स्नातकोत्तर (एमबिए) गरेका छन् । उप्रेतीले कतार, युएई, कुवेत जस्ता द्रुत गतिमा विकास गरिरहेका देशका बहुराष्ट्रिय कम्पनीहरूबाट व्यवस्थापकीय तहमा १३ वर्ष भन्दा लामो कार्य अनुभव हासिल गरेका छन् ।

नेपाल फर्कौँ महाअभियानका एक अभियन्ता र NIRI Nepal का संस्थापक समेत रहेका उप्रेती पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन प्रमुख र प्रशासनिक तथा अर्थ व्यवस्थापन समितिको सभापतिको जिम्मेवारीमा समेत रहेका छन् ।

Advertisement

लिसंखु पाखर गाउँपालिकाको विकास र संवृद्धिको लागि पार्टीको प्रतिज्ञा पत्र इमेल साथ संलग्न गरिएको छ ।